मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत आज शुक्रबारदेखि एक साताभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा एक सयमा मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम पनि सोही अफर समय अवधिभित्र दिनु पर्नेछ । ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा नि:शूल्क लिन सक्नेछन् । यस होली सप्ताह अफरसँगै ग्र्राहकले चाहेमा निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन् ।

बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको बताएको छ । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना शूल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया