मध्य रातमा एटीएम फुटाउने एक पक्राउ

काठमाडौं । बैंकको एटीएम मेसिन फुटाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ कान्तिपथमा रहेको ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा प्रहरीले ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई पक्राउ गरेको हो ।

आलमले शुक्रबार बिहान साढे २ बजे उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया