नेप्सेमा करिब ४३ अंकको वृद्धि

काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन नेपाली शेयर बजार परिसूचक नेप्से करिब ४३ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ बिन्दुमा पुगेको हो ।

बिहीबार २१३ कम्पनीको ५७ हजार ७४२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो बुधबारको तुलनामा १ अर्बभन्दा बढी हो ।

बिहीबार ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मर्दी, चन्द्रागिरी हिल्स र नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

यस दिन होटल तथा पर्यटनको परिसूचक सर्वाधिक ४.१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.०६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंकको सबैभन्दा धेरै ७६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया