जावा पेराक बाइक मार्चमा नेपाल भित्रिँदै, कति छ मूल्य ?

काठमाडौं । जावाको पेराक बाइक नेपाली बजारमा आउने भएको छ । आधिकारिक वितरक अग्नि मोटोइंकले सो बाइक मार्च महिनामा नेपाल भित्र्याउने तयारी गरेको हो ।

उक्त बाइकको मूल्य नेपाली बजारमा ७ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

दोस्रो विश्वयुद्धका समयमा फ्रान्सको पेरिसमा भएको मोटर शोमा पेश गरिएको पेराक बाइकको नाममा जावा पेराक बाइक ब्राण्ड गरिएको हो । उक्त बबर स्टाइल बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । त्यस्तै, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ ।

उक्त बाइकको इन्जिनमा ६ स्पिड गियरबक्स छन् । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार समेत उक्त बाइकमा उपलब्ध छ ।

यसअघि नै नेपालमा जावा क्लासिक र जावा फोर्टी टु गरी दुई मोडलका बाइक उपलब्ध छन् । दुवै मोडलका बाइक सिंगल च्यानल र ड्युअल च्यानल एबीएस भेरिएन्टमा उपलब्ध छन् । यी दुईओटै बाइक २९० सीसी क्षमताका हुन् ।

जावा फोर्टी टु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख २० हजार र ड्युअल च्यानल एबएिसको मूल्य ६ लाख ४८ हजार रुपैयाँ छ ।

त्यसैगरी जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया