सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रालिले प्राथमिक शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हाे । त्यस्तै, एनआइबीएल एस क्यापिटल र प्रभु क्यापिटल लाई सह प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ७ सय ५० रुपैयाँमा बिक्री गर्ने गरी आईपिओ निष्काशन गर्न लागेको जनाएको छ । संस्थागत लगानीकर्ताले ७५० मै पाउने भए पनि सर्वसाधारण लगानीकर्ताका लागि भने प्रतिकित्ता १० प्रतिशत कम गरेर प्रतिकिक्ता ६ सय ७५ रुपैयाँमा आईपिओ भर्न पाउने जनाएको छ ।

कम्पनीले प्रतिकित्ता मूल्य निर्धारण गरेको भए पनि संस्थागत लगानीकर्ताले गर्ने बोलकबोल विधिबाट सेयरको अन्तिम मूल्य निर्धारण हुने छ ।

उक्त विधिअनुसार कम्पनीले तोकेको प्रतिकित्ता आशय मूल्यमा संस्थागत लगानीकर्ताले गरेको बोलकबोलका आधारमा मूल्य निर्धारण हुने र सोही मूल्यका आधारमा सर्वसाधारणका लागि जारी गरिने शेयरको मूल्य समेत निर्धारण हुने बताइएको छ । संस्थागत लगानीकर्ताले कम्पनीले तोकेको मूल्यमा २० प्रतिशतसम्म घटबढ गरेर बोलपत्र पेश गर्न सक्ने व्यवस्था छ ।

कम्पनीको आईपीओको अन्तिम मूल्य निर्धारण भएपछि मात्र सेयर जारी गर्नका लागि अनुमति लिन धितोपत्र बोर्डमा निवेदन दिने छ । यस विधिबाट जारी गरिने सेयरमा सर्ब साधारणले कम्तिमा ५० कित्तासम्म सेयरका लागि आवेदन दिनुपर्ने छ । ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको उक्त कम्पनीमा सर्वसाधारणले कम्तिमा पनि ५० कित्तासम्म सेयर पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया