बाल दुर्व्यवहारको कथामा लघु चलचित्र ‘सावधान’

काठमाडौँ । दीपेन्द्र लामा निर्देशित लघु चलचित्र ‘सावधान’ सार्वजनिक भएको छ ।

चलचित्रले बाल यौन दुर्व्यवहारको कथा बोल्छ । आफ्नै नजिकको आफन्तबाट हुने दुर्व्यवहारको कथा चलचित्रमा समेटिएको छ । हिम्मत गरेर आफ्नो आमाबाबुसमक्ष आफूमाथि भएको दुर्व्यवहारको घटना सुनाउँदा समेत समर्थन नहुने वास्तविकतालाई लामाले प्रस्तुत गरेका छन् ।

चलचित्रमा वर्षा राउत, काव्या अधिकारी र प्रवीण खतिवडाको मुख्य भूमिका रहेको छ । चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको सङ्गीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ ।

वर्षा र काव्या र प्रवीणका अलावा चलचित्रमा आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीलगायत कलाकारको अभिनय रहेको छ । ‘सावधान’ जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानीमा निर्माण भएको हो ।

प्रतिक्रिया