सरकारकाे नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाउनु हुँदैन पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको श्रद्धाञ्जली सभामा भाग लिन म्याग्दी पुगेको बरिष्ठ नेता पौडेलले कांग्रेसले अलमल गरेर नेतृत्वको अवसर गुमाउन नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि प्रदेश १ र वाग्मती प्रदेशमा दर्ता भएका अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेर सरकार गिराउने अवसर भएपनि कांग्रेसले त्यो अवसर गुमाएको भन्दै पौडेलले देशलाई निकास दिनका लागि कांग्रेसले पाएको अवसर गुमाउन नहु्ने पौडेलले बताए ।

‘केपी ओलीसँग के लिनुदिनु छ र कांग्रेसले लकपक–लकपक गर्ने ? केही छ भने भन्नुपर्यो होइन भने किन ढुलमुल गर्ने ?’ पौडेलले भने ‘हामी स्पष्ट भएर अगाडि बढेमा नेपाली नागरिकको विश्वास हामीमाथि हुन्छ ।’

प्रतिक्रिया