सिरहा बम विस्फोट : गोइत समूहले लियोे जिम्मा

काठमाडौं । सिरहाको लहानमा भएको बम विस्फोटको जिम्मा गाइत समूहले लिएको छ । जिल्ला मालपोत कार्यालय, सिरहामा आइतबार भएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको हो ।

केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको बताएका छन् । कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत उक्त समूहले दिएको छ ।

बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । उनलाई काठमाडौं काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया