वैशाख १३मा सलमानको राधे

एजेन्सी । सलमान खान स्टारर चलचित्र ‘राधे : योर मस्ट वान्टेड भाइ’ मे १३ अर्थात् वैशाख ३० गते बाट प्रदर्शनमा आउने भएको छ। इदको अवसरमा बिहीबार नै रिलिज हुन लागेको चलचित्रमा सलमानसहित दिशा पटानी, रण दीप हुडा र ज्याकी श्रोफको मुख्य भूमिका रहेको छ ।

सलमानले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर चलचित्र निर्माण गरेका हुन् ।

प्रतिक्रिया