प्रियङ्का-निक दम्पती ओस्कार मनोनयन घोषणा गर्दै

एजेन्सी । यस वर्ष ओस्कार अवार्डमा मनोनीत हुनेहरूको घोषणा सेलिब्रेटी दम्पती प्रियङ्का चोपडा र निक जोनसले गर्ने भएका छन् । यस वर्षको मनोनयन ग्लोबल लाइभ स्क्रिनिङमार्फत् हुनेछ ।

इन्स्टाग्राममा एक भिडियो पोस्ट सेयर गर्दै प्रियङ्काले भनेकी छिन्, ‘हामी म र निक ओस्कारमा मनोनीत हुनेहरूको घोषणा गर्दैछौँ । हामीलाई लाइभ हेर्नुहोला ।’

१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासिफिक डे–लाइट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफू निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारिक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छन् ।

एकेडेमी अवार्डसको आधिकारिक ट्विटर ह्यान्डलले यस खबरलाई पुष्टि गरेको छ ।

प्रतिक्रिया