बैंक अफ काठमाण्डूद्वारा यात्रु बसमा क्युआर कोड सेवा सुरु

काठमाडौं । बैंक अफ काठमाण्डूले विभिन्न यात्रुबाहक बसमा क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसमा भाडा संकलनका लागि क्युआर कोड सेवा सुरु गरिएको बैंकले जनाएको छ ।
शुक्रबार बैंकको प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले एक कार्यक्रमका बीच यातायात समितिका प्रतिनिधिलाई क्युआर कोड हस्तान्तरण गरे ।
सेवा सुरु भएसँगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म यात्रा गर्ने सबै यात्रुले बसमा राखिएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्युआर कोड स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
त्यस्तै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि इँटहरी हुँदै विराटनगर र धरानसम्म बसमा यात्रा गर्ने यात्रुले क्युआर कोडको प्रयोग गरी भाडा तिर्न सक्ने भएका छन् ।
बैंकको क्युआर कोड छोटो दूरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, विरोटचोकदेखि ईटहरी हुँदै विराटनगर र धरानसम्म चल्ने सुपर जनसेवा यातायात समितिका ५ बसमा क्युआर कोड स्क्यान गरी भाडा भुक्तानी गर्न सकिने जनाएको छ ।








