कर अधिकृतसहित २ जना डेढ लाख घुससहित पक्राउ
२०७७ फागुन २७ गते

फाइल फोटो
काठमाडौं । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृतसहित दुई जना डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका सञ्चालक नवीनकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।
अन्तःशुल्क समायोजन गरिदिने भन्दै सेवाग्राहीसँग ढकालले घुस मागेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।
अधिकृत ढकाललाई नेपाल स्काउटको कार्यालय अगाडिबाट र कर्णलाई धनुषास्थित अन्नपूर्ण होटेल एन्ड गेस्ट हाउसबाट पक्राउ गरिएको उनले जानकारी दिए ।
विज्ञप्ति
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977063006″ /]
२०७७ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








