नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको शेयर बेच्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता शेयर बैंकले बिक्री गर्ने भएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदनदिन सकिने छ । उक्त संस्थापक शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्र सहभागी हुन सक्नेछन् ।

ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ३ चैतदेखि १७ चैतसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया