कुमारी इक्विटी फन्डमा माग गरेभन्दा बढी आवेदन

काठमाडौं । कुमारी इक्विटी फन्डमा माग गरेभन्दा बढी आवेदन परेको छ । उक्त फन्डमा मागभन्दा ३५ प्रतिशत बढीको आवेदन परेको कुमारी क्यापिटलले जनाएको छ ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्री खुला गरेको थियो । यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया