प्रतिताेला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले सस्तिएको प्रतितोला सुनको मूल्य बुधबार उत्ति नै बढेको हो ।

बुधबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन बुधबार ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि बुधबार तोलामा रु १५ ले उकालो लागेको छ । रु १ हजार २ सय ५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया