काठमाडौं भ्यु टावरका ठेकेदार भेटवाल ठगी काण्डमा पक्राउ

काठमाडौं । काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको स्वच्छन्द विकोइ विल्डर्स प्रालिका प्रमुख मनोज भेटवालसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी टोलीले पक्राउ गरेको छ ।

आयोगले मंगलबार बयानका लागि बोलाइएका उनीहरुलाई आयोग परिसरबाटै पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले बताए ।

कर्मचारीसमेतको मिलेमतोमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ५० लाख ऋण लिएर नतिरेको तथा भ्रष्टाचार गरेकोलगायत ४ वटा काण्डमा बयानका लागि भेटुवालसहित उनीहरुलाई अख्तियारमा बोलाइएको थियो ।

उनीविरुद्ध ११ ओटा उजुरी अख्तियारमा परेको थियो । कमसल धितोमा ऋण प्रवाह गरी एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको उक्त रोयल मचेन्टमा सरकारको समेत सेयर रहेको थियो । हाल रोयल मर्चेन्ट,विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्ज भई हाल एनसिसी बैंकमा गाभिसकेको छ ।

झण्डै ९ वर्षअघिको उक्त बैंकिङ ठगी काण्डका व्यक्तिलाई अख्तियारमा हाजिर हुन अख्तियारले २ महिनाअघि नै सूचना जारी गरेको थियो । राजस्व अनुसन्धान विभागले समेत भेटुवालसहित ४ जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया