करेन्ट लागेर सह-चालकको मृत्यु
२०७७ फागुन २४ गते

सांकेतिक तस्वीर।
सुनसरी । सुनसरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । दुहबी नगरपालिका-२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालकलाई करेन्ट लागेको हो ।
मोरङ बेलबारी नगरपालिका- ७ का २४ वर्षीय आशिष मग्राती ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका थिए ।
उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
२०७७ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








