करेन्ट लागेर सह-चालकको मृत्यु

सुनसरी । सुनसरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । दुहबी नगरपालिका-२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालकलाई करेन्ट लागेको हो ।

मोरङ बेलबारी नगरपालिका- ७ का २४ वर्षीय आशिष मग्राती ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका थिए ।

उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

प्रतिक्रिया