महिला दिवसको अवसरमा जोन्टा क्लबले मनायो ‘यलो रोज डे’

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौँले फागुन २२ गते ‘यलो रोज डे’ मनाएको छ । शनिबार महिला दिवसको अवसरमा गरिएको कार्यक्रममा जोन्टा क्लबले ‘प्रेरणादायक र साहसी महिला’लाई सम्मानसमेत गरेको थियो ।

विभिन्न परिस्थितिका बाबजुद उनीहरूको योगदान र उपलब्धिलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको क्लबले बताएको हो ।

नबिल बैङ्क, निम्बसको प्रिमियम फुड ब्रान्ड व्यञ्जन, स्टार हस्पिटल लिमिटेड, टोनी एन्ड गाइर गोल्छा ग्रुपको सहयोगमा मनाइएको येलो रोज डे २०२१ मा १२ जना अनुकरणीय महिलाहरूलाई सम्मानित गरिएको थियो । क्लबले किरण बज्राचार्य, सृष्टि केसी, लिल्ली थापा, आयुष्मा राणा याकथुम्बा, सुप्रिमा पौडेल, मेलिसा घिमिरे, संस्कृति फुयाल, रेजा थापालगायतलाई बेग्लाबेग्लै विधामासम्मान गरेको थियो ।

त्यस्तै, प्रेरणादायक महिलाहरू शीर्षकअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुर्‍याउने चार जना महिलाको असाधारण कार्यको प्रशंसा गर्दै प्रतिव्यक्ति ३५ हजार रुपैयाँसमेत क्लबले प्रदान गरेको छ । सम्मान पाउने महिलाहरूमा १५ वर्षीय सकुन्तलाकुमारी बुढा, सुमित्रा श्रेष्ठ, सहनशीला शर्मा र राधिका थापा छन् ।

सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेसनलले सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तीकरणमा लागी परेको छ ।

प्रतिक्रिया