सर्वोत्तम सिमेन्टको आईपिओको मूल्य ७५० रुपैयाँ !

काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँ भन्दा माथिको मूल्यमा सर्वसाधारणलाई सेयर बेच्ने गरी (आईपीओ) प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर मूल्य निर्धारण गरी सर्वसाधारणमा बिक्री गर्ने प्रक्रिया अघि बढाउँदै न्यूनतम मूल्य साढे ७ सय रुपैयाँभन्दा बढी हुने जानकारी दिएको हो ।

कम्पनिको दैनिक क्लिकंर उत्पादन क्षमता ३००० मे. टन तथा बार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पुँजीमा बढी उत्पादन हुदाँ बढी प्रतिफल दिन सक्ने‚ आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औसत मुनाफा ( कर पछिको ) वार्षिक १०४ करोडभन्दा बढी भएकाले आईपिओको मूल्य ७५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

विगत तीन वर्षको औसत इपिएस ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षको औषत ईपिएस ४५ रुपैयाँभन्दा
बढी प्रक्षेपित गरिएको‚ कम्पनीको रिजर्भ २०७७ माघ मसान्तसम्मको अन्त्यमा २३१ करोड रुपैयाँभन्दा बढी रहेको र हाल कम्पनीको सम्पति २००० करोड रहेकाले यस्तो आईपिओ निष्काशन गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया