कुमारी जब प्रालि र केसिएमआइटी कलेजबीच सम्झौता

काठमाडाैं । लामो समयदेखि मानव संशाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटी बिच सम्झौता भएको हो । कुमारी जब प्रालिका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रालिका प्रबन्ध निर्देशक भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिबद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन् ।

प्रतिक्रिया