ज्योति विकास बैंकद्वारा ‘बेबी वार्मर’ प्रदान

काठमाडाैं । ज्योति विकास बैंकले म्याग्दीकाे बेनी अस्पताल र बाग्लुङकाे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक/एक थान बेबी वार्मर प्रदान गरेकाे छ । बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा बेबी वार्मर प्रदान गरेकाे हाे ।

बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र आविष्कार केन्द्रका तर्फबाट महिप के.सीले संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने सेवाग्राही प्रत्यक्ष्य रुपमा लाभान्वित हुने विश्वास लिइएकाे छ ।

बैंकले हालसम्म विभिन्न जिल्लाका स्वास्थ्य केन्द्र एवम् अस्पतालमा गरी १० वटा बेबी वार्मर प्रदान गरिसकेकाे छ ।

 

प्रतिक्रिया