राष्ट्र बैंकद्वारा विद्युतीय भुक्तानीको सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बर बनाएको छ । मोबाइल बैंकिङ, मर्चेन्ट र एकाउन्ट ट्रान्सर गरी हुने कारोबारको सीमा दोब्बर बनाएको राष्ट्र बैंकले जनाएको छ ।

अब मोइबालइबाट दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । यसअघि मोबाइल बैंकिङको सीमा प्रतिदिन १ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, इन्टरनेट बैंकिङको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ । त्यस्तै, मर्चेन्ट ट्रान्सफर र अकाउन्ट ट्रान्सफरको हाल कायम रहेको १० लाखको कारोबारको सीमा बढाएर २० लाख रुपैयाँ पु¥याएको छ ।

नगदरहित अभियान अन्तर्गत राष्ट्र बैंकले क्यासलेस वा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था ल्याएको केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले जानकारी दिए ।

राष्ट्र बैंकले तोकेको प्रतिदिन कारोबार रकमको सीमाभित्र रही बैंक तथा वित्तीय संस्थाले प्रति कारोबारको सीमा तोक्न सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977061005″ /]

 

प्रतिक्रिया