ओपो माेबाइलकाे एफ–१९ प्रो बजारमा आउँदै

काठमाडौं । स्मार्ट फोन कम्पनी ओपोले नयाँ संस्करणको ओपो एफ १९ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा एफ सिरिज सार्वजनिक गरेको थियो । अब उक्त सिरिजलाई थप विशेषतासहित ओपो एफ १९ प्रो नाममा बजारमा ल्याउन लागेको हो ।

फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिका कारण ओपो एफ १९ प्रो ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ १९ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ ।

हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल रहेको जनाएको छ ।

प्रतिक्रिया