आमिरको ‘महाभारत’ नबन्ने !

एजेन्सी । आमिर खानले ‘महाभारत’ बनाउने चर्चा चलेको लामै समय भयो । चलचित्र ओटिटी प्ल्याटफर्ममा आउने योजना समेत बनेकाे थियाे पछिल्लो समय भने आमिरले महाभारत नबनाउने खबर भारतीय सञ्चारमाध्यममा आउन थालेको छ । यो समयमा ‘महाभारत’ बनाउन उपर्युक्त नभएको भन्दै चलचित्र नबन्ने भएको खबरहरुमा उल्लेख छ।

उसाे त, अघिल्लो वर्षबाट यो चलचित्र विग स्क्रिनको लागि नबन्ने भन्ने चर्चा हुन थालेकाे थियाे ।

आमिर निकट स्रोतका अनुसार टिमले महाभारत महाकाव्यको सकारात्मक-नकारात्मक विषय तौलिँदै चलचित्र नबनाउने निर्णय लिएको हो । विषयहरू विवादास्पद हुनसक्ने बताउँदै टिमले चलचित्र नबनाउने निर्णय गरेको हो ।
यस्तै, पाँच वर्षसम्म महाभारतलाई समय दिँदा आमिरको तीनवटा चलचित्र बनाउने अवसर गुम्ने भएकाले पनि उनी चलचित्र निर्माणकाे निर्णयबाट पछि हटेका हुन् ।

पटक पटक चलचित्रकर्मीले कट्टरपन्थीको कारण समस्या खेप्नु परेको छ । यसकारण समेत आमिर पछि सरेको हुन सक्ने अनुमान भए पनि हालसम्म उनले आधिकारिक जवाफ भने दिएका छैनन् ।

आमिर अहिले ‘लाल सिंह चड्ढा’ चलचित्रमा व्यस्त छन् । अद्वैत चन्दनको निर्देशन रहेको याे चलचित्रमा करिना कपूरको समेत अभिनय रहेको छ । यो चलचित्र हलिउडको चर्चित चलचित्र ‘फरेस्ट गम्प’ को रिमेक हो ।

प्रतिक्रिया