विश्वको सबैभन्दा धनी एलन मस्क, ४२१ नयाँ अर्बपति थपिए

काठमाडौं । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृति (सीईओ) एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा परेका छन् । हुरुन ग्लाेबल रिच लिस्ट २०२१ का अनुसार उनको सम्पत्ती २०२० मा ३२८ प्रतिशतले बढेर १९७ अर्ब डलर पुगेको छ । त्यस्तै, सूचीको दोस्रो स्थानमा अमेजनका मालिक जेफ बेजोस परेका छन् । उनको कुल सम्पत्तीमा ३५ प्रतिशतले बढेर १८९ अर्ब डलर पुगेको छ ।

रिपोर्टका अनुसार तेस्रो स्थानमा ११४ अर्ब डलर सम्पत्ती सहित एमएमबीएचका बर्नार्ड अर्नाल्ट परेका छन् । उनको सम्पत्ती ७ प्रतिशतले बढेको छ । त्यस्तै, चौथोमा माइक्रोसफ्टका सहसंस्थापक मालिक बिल गेट्स परेका छन् । उनको सम्पत्ती ४ प्रतिशतले बढेर ११० अर्ब डलर पुगेको छ ।

पाचौँ स्थापनमा फेसबुकका मालिक मार्क जुकरबर्ग परेका छन् । उनको सम्पत्ती २० प्रशितले बढेर १०१ अर्ब डलर पुगेको छ ।
रिपोर्टका अनुसार भारतका मुकेश अम्बानी ८३ अर्ब डलर सहित विश्वको ८ औं धनीको सूचिमा परेका छन् । उनी भारतका भने सबैभन्दा धनी व्यक्तिमा परेका छन् ।

विश्वमा ३ हजार २ सय ८८ अर्बपति

हुरुन ग्लोबल रिच लिस्ट २०२१ को १० औं संस्करणका अनुसार विश्वमा २०२० प्रत्येक साता ८ नयाँ व्यक्ति अर्बपति क्लबमा प्रवेश गरेका छन् । एक वर्षमा ४ सय २१ जना नयाँ व्यक्ति थपिएका छन् । ६८ देशका २ हजार ४ सय २ कम्पनीबाट यी अर्बपति बनेका हुन् ।

चीनमा थपिए २५० नयाँ अर्बपति

हुरुनका अनुसार चीनमा गत वर्ष सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन्। चीनमा योसहित कूल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ। विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।

तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ। यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ।

चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ। सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ।

रुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ।

सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ शहरमा रहेको सर्भेले देखाएको छ। अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० शहरमध्ये छ वटा शहर चीनमै छन्। विगत छ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ।

भारतमा थपिए ४० नयाँ अर्बपति

उक्त रिपोर्टका अनुसार २०२० मा भारतमा ४० नयाँ उद्यमी अर्बपति बनेका छन् । यी समेत गरी भारतमा कुल १ सय ७७ जना अर्बपतिको सूचीमा सामेल छन् ।

 

प्रतिक्रिया