सेयर बजारमा ५९ अंकको गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५९.७० अंकले घटेको छ । घटेसँगै परिसूचक २४५५.३३ बिन्दुमा ओर्लिएको छ ।

मंगलबार ६ अर्ब ११ करोड ९६ लाख रुपैयाँमा २ सय ८ कम्पनीको १ करोड ३१ लाख ६ हजार सेयर खरिद बिक्री भएको छ ।

यस दिन व्यापार र होटल तथा पर्यटन समूहबाहेक अन्य सबै समूहको सूचक ओरालो लागेका छन् । सबैभन्दा जीवन बीमा समूहको सूचक ५१९ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहक ३४३ अंकले घटेको छ।

मंगलबार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर पनि मंगलबार ९.८९ प्रतिशतले बढेको छ ।

यी बाहेक एउटा कम्पनीको ८ प्रतिशतभन्दा बढी र ३ ओटा कम्पनीको १ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ ।

प्रतिक्रिया