राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर रिक्त

काठमाडौं । नेपाल राष्ट्र बैंका दुई डेपुटी गभर्नर पद मंगलबारबाट रिक्त भएको छ । डेपुटी गभर्नर रहेका चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल पूरा भई अवकाश भएपछि दुबै पद खाली भएको हो ।

राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशक मध्येबाटै २ जनालाई पुन राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउनु पर्ने छ । डेपुटी गर्भनरका लागि आकांक्षी धेरै हुँदा स्वतन्त्र रुपमा उपयुक्त पात्र चयन गरी पदपूर्ति गर्न भनेमा भने बैंकिङ क्षेत्रका धेरैले आशंका व्यक्त गरेका छन् ।

राष्ट्र बैंक ऐन अनुसार कार्यकारी निर्देशक मध्ये दुई डेपुटी गभर्नरको पदपूर्ति गर्न गभर्नरले २/२ जना गरी ४ जनाको नाम अर्थमन्त्रायसमक्ष सिफारिस गरेर पठाउनु पर्ने व्यवस्था छ । अर्थमन्त्रीले उक्त परिफासलाई प्रस्तावका रुपमा मन्त्रिपरिषद् बैठकमा लानुपर्ने व्यवस्था छ । उपयुक्त दुई जनालाई दुई डेपुटी गभर्नर पदमा नियुक्त गर्नु पर्ने ऐनको व्यवस्था छ ।

 

प्रतिक्रिया