मंगलबार १७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल प्रतितोला सुन ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँ, तेजावी ८८ हजार २५० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया