४० अंकले बढ्यो सेयर, कारोबार रकम भने घट्यो

काठमाडौं । सोमबार सेयर बजार ४० अंकले बढेको छ । सेयर ४०.६४ अंकले बढेर २५१५ विन्दुमा पुगेको छ । आइतबार ७९ अंकले घटेको सेयर बजारलाई सोमबार भने केही राहत मिलेको हो ।

बजार बढेको देखिए पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार ८ अर्ब भन्दा बढीको सेयर कारोबार भएको थियो । तर, सोमबार ५ अर्ब ६९ करोड २३ लाखमा २ सय ९ कम्पनीका १ करोड १८ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ ।

सोमबार सम्पूर्ण समूहगत सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ३५९ अंकले बढेको छ ।

सोमबार पनि सबैभन्दा बढी ९.९० प्रतिशतले चन्द्रागिरि हिल्सको सेयर मूल्य बढेको छ । त्यस्तै, बरुण हाइड्रोसहित ४ वटा कम्पनीको सेयर ६ प्रतिशतभन्दा बढीले बढेको छ । पाँचभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया