आइसबर्ग बियर अब नयाँ स्वाद र लेबलमा

काठमाडौं । नेपालको स्थापित ब्रान्ड ‘आइसबर्ग’ बियर सोमबारबाट नयाँ स्वाद र लेबल सहित बजारमा आएको छ ।

हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो । कम्पनीले सोमबार विशेष कार्यक्रमको आयोजना गरी नयाँ स्वाद र लेबलमा आइसबर्ग बियर सार्वजनिक गरेको हो ।

तीन दशकअघिदेखि नेपाली बजारमा रुचाइएको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्न सक्ने कम्पनीले जनाएको छ । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न ब्रान्डका मदिरा पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो यसको ६५० एमएलको बोतलको मूल्य २ सय ८५ रुपैयाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो ब्रान्ड पनि बजारमा ल्याएको छ ।

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिने कम्पनीको दाबी छ ।

प्रतिक्रिया