अम्बे स्टील्सकाे डिलर सम्मेलन सम्पन्न

काठमाडौं । अम्बे स्टील्सले नुवाकोटमा डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । शुक्रबार आयोजना गरिएएको उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्ला उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो ।

वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाको सुधार गर्दै अझै व्यापक बनाउन र डिलरबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउन सम्मेलनको आयोजना गरिएको अम्बे स्टिल्स कम्पनीले जाएको छ।

अम्बे स्टील्स्ले भैरहवा र नेपालगञ्जमा रहेका दुई वटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४ सय टन छड उत्पादन गरी नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको छ ।

यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको रहेको कम्पनीले जनाएको छ हाल कम्पीले एफई ५०० डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउदै आएको जाएको छ ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल भएको थियो ।

प्रतिक्रिया