स्मार्ट डोकोलाई उच्च मूल्याङ्कनसहित ई–कमर्स एपको मान्यता

काठमाडौं । नेपाली ई–कमर्स कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंकसहित नेपालमा उच्च मूल्याङ्कन भई ई–कमर्स एपको रूपमा मान्यता पाएको छ ।

स्मार्ट डोको एक अनलाइन सपिङ्ग अनलाइन गन्तव्य हो । उक्त अनलाइन एपमार्फत विभिन्न सामान ग्राहकले घरमै बसिबसी एक क्लिकमै अर्डर गरी खरिद गर्न सक्ने छन् ।

स्मार्ट डोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्ट डोकोसँग अहिले १० हजारभन्दा बढी सामान रहेको जनाएको छ । यसले हरेक दिन आकर्षक बिक्री र आश्चर्यजनक कारोबार गर्ने गरेको जनाएको छ ।

उक्त एप मार्फत सामान किन्दा रिंगरोडभित्र निःशुल्क डेलिभरी, हरेक खरीदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरू, सामान सजिलै फिर्ता गर्न सकिने, जुनसुकै माध्यमबाट विल भुक्तानी गर्न सकिने जस्ता सुविधा रहेको स्मार्ट डोकोले जनाएको छ ।

उक्त एप प्ले–स्टोर र एप–स्टोर दबैंमा उच्च मूल्यांकनसहित उच्च स्तरको ई–कमर्स एप हुन सफल भएकोमा आईएमएस ग्रुपका अध्यक्ष एवं सिइओ दिकेश मलहोत्राले आम ग्राहक तथा सेवाग्राहीलाई धन्यवाद समेत दिएका छन् ।

 

प्रतिक्रिया