सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सहयाेगसम्बन्धी सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बापतबैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनःनवीकरण गरेको हो ।

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहाल र पाटन अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरे ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आय स्तरभएका महिलाको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए ।

प्रतिक्रिया