सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसरा रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र दरबार मार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडमा रहेको त्रिसरा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच बैंकका ग्राहकलाई सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले पोखरा र काठमाडौंमा रहेको त्रिसरा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यास ब्याक योजनाहरु सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया