पशुपतिमा बैंक अफ काठमाण्डूकोे डिजिटल दान पेटिका

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिकाको रुपमा क्युआर कोड सेवा विस्तार गरेको छ । पशुपति क्षेत्र विकास बोषको संरषण तथा व्यवस्थापनमा रहेको उक्त मन्दिरमा दान गर्न चाहने भक्तजनका लागि क्युआर कोड सेवा सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच उक्त सेवा उद्घाटन गरेको हो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडका संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको सहभागिता थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा श्री बैंक अफ काठमाण्डू लिमिटेड र श्री पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद व्यक्त गरे । नगद रहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया