कार्वन उत्सर्जन घटाउन साढे ५ अर्ब खर्च गर्ने सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं । नेपालबाट हुने कार्वन उत्सर्जन घटाउन र वन फँडानी घटाउन नेपाल सरकार र विश्व बैंकको फरेस्ट कार्वन पार्टनरसिप फ्यासिलिटीबीच ४ करोड डलर (५ अर्ब ४० करोड रुपैयाँ) खर्च गर्ने सम्झौता भएको छ ।

उक्त कार्यका लागि सन् २०२५ सम्ममा सो रकम खर्च गरिसक्ने सम्झौता भएको हो । उक्त रकम खर्च गरिसक्दा अर्थात सो अवधिमा नेपालले करिब ९० लाख टन कार्वनडाइअस्साइडको उत्सर्जन कम गर्ने अपेक्षा उक्त सम्झौतामार्फत गरिएको छ ।

सम्झौतामा वन तथा वातावरण मनत्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हादाद जेरभोसले हस्ताक्षर गरेका छन् ।

कार्वन उत्सर्जन कम गर्न नतिजामूखी कार्यका लागी नेपालले पहिलो पटक यो सहयोग लिइएको अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले बताए ।

प्रतिक्रिया