प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०७७ फागुन १४ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः मकालु खबर|
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ५ बजेका लागि बालुवाटारमा बोलाइएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल हुनेछ । ‘प्रधानमन्त्रीज्यूले साँझका लागि बैठक बोलाउनुभएको छ,’ थापाले मकालु खबरसँग भनेका छन्, ‘खासमा बैठकमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल होला ।’
आजको बैठकले प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने बुझिएको छ । गत ५ पुसमा ओलीकै सिफारिसमा विघटित प्रतिनिधि सभा सर्वोच्चले पुनःस्थापना हुनुपर्ने फैसला सुनाएसँगै ओलीले अधिवेशन आह्वानका लागि सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।
२०७७ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








