कुमारी इक्विटी फण्डको ८ करोड इकाई बिक्री खुला

काठमाडौं । कुमारी बैंकको इक्विटी फण्डका इकाईको प्राथमिक निष्कासन शुक्रबारबाट सुरु भएको छ ।

कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटलले शुक्रबारबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८ करोड इकाई निश्कासन गरेको हो ।

कम्पनीले कुल ८ करोड इकाई मध्ये सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई र १ करोड २० लाख इकाई बैंकलाई छुट्टयाएको जनाएको छ ।

फागुन १८ गतेसम्म बिक्री जारी रहने उक्त म्युचुअल फण्डको बन्द अवधि १० वर्ष रहेको जनाइएको छ । १० वर्षपछि उक्त इकाईको मूल्य बराबरको रकम बाँडफाँट गरेर लगानीकर्तालाई फिर्ता गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया