भायानेटले ल्यायो ‘भयङ्कर अफर’

काठमाडौँ । भायानेटले ‘भयङ्कर अफर’ ल्याएको छ । भयङ्कर अफरअन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना ८ सयमा २० एमबिपिएस इन्टरनेट पाउन सक्छन् ।

साथै १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान पाउन सक्छन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना ८ सय रुपैयाँमा निरन्तर मनोरञ्जन लिन सक्छन् । भायानेट इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेसन सोलुशन प्रदायक हो ।

अब एक रुपैयाँमै भायानेटको सेट-टप बक्स
यस्तै भायानेटले आफ्ना ग्राहकका लागि एक रुपैयाँमै भायानेट टिभीको सेट-टप बक्स उपलब्ध गराएको छ । यो सुविधा वार्षिक रूपमा इन्टरनेट सेवा खरिद गर्ने ग्राहकका लागि ल्याइएको हो ।

एक महिनाको इन्टरनेट सेवा लिने ग्राहकले उक्त सेट-टप बक्स एक हजार रुपैयाँमा खरिद गर्नसक्ने छन् । यस्तै ३ र ६ महिनाको इन्टरनेट सेवा लिने ग्राहकले यसका लागि मात्र ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यो अफरबाट कम्पनीले आफ्ना ग्राहकलाई थोरै शुल्कमा अधिकतम मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया