कुमारी बैंकद्वारा क्युआर सेवा विस्तार

काठमाडाैँ । कुमारी बैंक लिमिटेडले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा क्युआर कोड विस्तार गरेको छ ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भण्डारीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेका हुन् । योसँगै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानको संख्या ७ हजार पुगेको छ ।

नगद् वा कार्डको विकल्पमा मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंकले ‘कुमारी स्मार्ट’ मोबाइल एप्लिकेसन पनि ल्याएको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित तरिकाले भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया