एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैङ्कले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

यस बैङ्कको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएका गोकर्णेश्वर नगरपालिका-९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ ।

निजलाई यस बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैङ्कले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको जनाएको छ ।

हाल बैङ्कको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमन्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैङ्कले बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरु समेत ग्राहकहरूले पाउन सक्नेछन् ।

बैङ्कको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ४८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आम सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैङ्कले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया