प्रतिनिधिसभाका सांसदले तीन महिनाको तलब एकैचोटी पाउने

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णय बदर भएसंगै प्रतिनिधिसभाका सदस्यहरुले तीन महिनाको तलब एकमुष्ट पाउने भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि पुस ५ देखि प्रतिनिधिसभाका सदस्यहरुको तलव रोकिएको थियो ।

अब प्रतिनिधिसभाका २ सय ७५ जना सांसदले पुस, माघ र फागुनको तलब एकमुष्ट पाउने संसद सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेसंगै अब प्रतिनिधिसभा सदस्यहरुले फागुनको तलब सँगै तीन महिनाको तलब पाउने भएका हुन् ।

प्रतिक्रिया