लक्ष्मी बैंकद्वारा महोत्तरीको सरपल्लोमा १२७औं शाखा सञ्चालन

काठमाडौं । लक्ष्मी बैंकले महोत्तरीको सरपल्लो गाउँपालिकामा १२७ औँ शाखा संचालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा पुगेको छ ।

यो शाखाका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ ।

योसँगै बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा, ६एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

प्रतिक्रिया