शिक्षा र करियरका लागि क्यानडा उत्कृष्ट गन्तव्य

काठमाडौं । विश्वमा औपचारिक शिक्षाका नयाँ नयाँ विषय र आयाम थपिँदै जाँदा नेपाल लगायत अल्पविकसित देशबाट उच्च शिक्षाका लागि विदेश जाने लहर बढेकाे छ ।

खासगरी १२ कक्षा उत्तीर्ण गरेलगत्तै विद्यार्थी क्यानडा, अष्ट्रेलिया, बेलायत, अमेरिका, जापान, जर्मनी, फिनल्याण्ड लगायतका देशमा रहेका क्याम्पस, विश्वविद्यालयबारे जानकारी लिन थाल्छन् । उच्च शिक्षाका लागि कुन देश, कुन कलेज वा विश्वविद्यालय उपयुक्त हुन्छ भनेर थप बुझ्न परामर्शदाता अर्थात् कन्सल्टेन्सीमा धाउन थाल्छन् ।

यसरी वैदेशिक शिक्षाबारे सही परामर्शको अपेक्षा लिएर आफ्नो संस्थासम्म आइपुगेका विद्यार्थी र अभिभावकलाई क्यानडा जान सुझाउँछन् राइटपाथ करियर काउन्सिलिङका संस्थापक सिइओ फिलिप डिसी । अन्य देशको तुलनामा क्यानडामा धेरै अवसर पाइने र शिक्षा पनि गुणस्तरीय रहेको उनी बताउँछन् ।

उच्च शिक्षाका लागि क्यानडा नै किन ?

राइटपाथ करियर काउन्सिलिङका संस्थापक सिइओ डिसीका अनुसार क्यानडामा गुणस्तरीय शिक्षासँगै धेरै अवसरहरु पाइन्छ । क्यानडा शिक्षा र करियरका हिसाबले उत्कृष्ट र सुरक्षित गन्तव्य रहेको उनको दाबी छ ।

क्यानडामा अध्ययनका क्रममा र अध्ययन सकिएपछि पनि कामका लागि विद्यार्थीलाई निकै सहज रहेको उनले बताए । क्यानडामा अध्ययनरत समयमा सातामा २० घण्टा विद्यार्थीले काम गर्न पाउँछन् ।

एक वर्षमा तीनदेखि चार महिनासम्म बिदा हुने र त्यो समयमा फुल टाइम काम गर्न पाइने सिइओ डिसीले बताए । ‘अन्य देशमा अध्ययनपछि कार्य अनुभवका लागि (पीएसडब्लु–पोष्ट स्टडी वर्क) विदेशी विद्यार्थीलाई दुई वर्ष मात्रै काम गर्न दिन्छ भने क्यानडाले तीन वर्षसम्म काम गर्ने सुविधा सहजै प्रदान गरेको छ’, उनले मकालु खबरसँग भने ।

अन्य वर्षको तुलनामा यो वर्ष (सन् २०२१) क्यानडाको भिसा सक्सेस रेट पनि बढेको उनले जानकारी दिए ।

‘हामीले प्रत्यक्ष जोडिएर काम गरेका युनिभर्सिटीहरुको इन्टरनल सोर्सेस डेटा हेर्ने हो भने नेपालबाट विद्यार्थी भिसा सक्सेस रेट ९० प्रतिशत भन्दा बढी छ’, उनले भने, ‘जसले आइएलटीएसमा ६.५ वा ६ अंक हाँसिल गर्नुभएको छ, र जसको ६० प्रतिशत भन्दा माथि अँक ल्याउनुभएको छ, उहाँहरुलाई ढुक्क भएर क्यानडाको प्रक्रिया सुरु गर्न म आग्रह गर्दछु ।’

छात्रवृत्तिको अवसर

जर्मनी र फिनल्याण्डपछि विद्यार्थीलाई अधिकतम छात्रवृत्ति प्रदान गर्ने देशमा अमेरिका र क्यानडा पर्छन् । क्यानडाका अधिकांश क्याम्पस र विश्वविद्यालयले विदेशी विद्यार्थीलाई उनीहरुको योग्यताअनुसार छात्रवृत्ति प्रदान गर्ने गरेका छन् ।

‘जतिबेला हामीले क्यानडालाई प्राथमिकतामा राखेर परामर्श गर्दै आएका थियौँ, त्यसबखत नै विद्यार्थीले अधिकतम सय प्रतिशतसम्म छात्रवृत्ति पाएको हाम्रो तथ्याङ्क छ’, सिइओ डिसीले भने, ‘कतिपय विद्यार्थीले क्यानडाका लागि प्रक्रिया सुरु गर्दैगर्दा र गइसकेपछि पनि ५० देखि ९० हजारसम्म छात्रवृत्ति प्राप्त गर्ने गरेको हामीले पाएका छौँ ।’

छात्रवृत्तिको लक्ष्य राखेका विद्यार्थीले आइएलटिएस, टीओइएफएल, पीटीइ, एसएएलटी, जिआरईलगायत टेस्ट अभ्यासहरुमा राम्रो अंक ल्याउन कोशिस गर्न पनि उनले आग्रह गरे । यस्ता अभ्यासमा राम्रो अंक ल्याए छात्रवृत्तिको सम्भावना बढी हुने उनको भनाइ छ ।

अध्ययनका लागि उपलब्ध र उपयुक्त विषय

क्यानडामा २० हजार बढी कोर्स उपलब्ध छन् । जुनसुकै विषय पढेपनि त्यहाँ अवसर पाइने राइटपाथ करियर काउन्सिलिङका संस्थापक सिइओ डिसी बताउँछन् । यद्यपि नेपालमा फर्किएपछि समेत उपयोगी हुने विषय भनेको आइटी, इन्जिनियरिङ, बिजनेस स्टडिज, ट्राभल एण्ड टुरिजम, नर्सिङ, कृषिलगायत हुन् ।

यी विषयहरु अध्ययन गर्दा क्यानडा र नेपाल दुवै देशमा धेरै अवसर प्राप्त गर्न सकिने उनले बताए । यस्तै विज्ञान, व्यवस्थापन, पारामेडिक्स, पोलिटेक्निकल, पाइलट लगायतका विषयहरु पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको उनले जानकारी दिए ।

कन्सल्टेन्सी र विश्वविद्यालय छनोट कसरी गर्ने ?

शिक्षा मन्त्रालयमा एक हजार चारसय भन्दा बढी शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) दर्ता भएका छन् । दर्ता नभई चलेका कन्सल्टेन्सी समेत जोड्दा ५ हजारको हाराहारी रहेको अनुमान छ । धेरै कन्सल्टेन्सी रहेका कारण विद्यार्थी र अभिभावकले सबैभन्दा पहिले कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त हो/होइन भन्ने बुझ्नुपर्छ ।

कन्सल्टेन्सीको पृष्ठभूमि कस्तो छ ? विद्यार्थीले रोजेको विश्वविद्यालय र देशमा उसको सिधा सम्पर्क छ वा उसले विचौलियाको रुपमा काम गरिरहेको छ ? के–के सुविधा दिन तयार छ ? टीआईटीआई मान्यता प्राप्त परामर्शदाता छन् कि छैनन् ? लगायतका कुरा पनि विद्यार्थी र अभिभावकले परामर्शअघि बुझ्नुपर्छ ।

कन्सल्टेन्सीको सिधा सम्पर्क विश्वविद्यालय र देशसँग नहुँदा प्रक्रिया पुरा गर्न लामो समय लाग्न सक्ने डिसीको भनाइ छ । सही कन्सल्टेन्सीमा पुगेपछि त्यहाँका परामर्शदाताले विद्यार्थीले जान चाहेको देश, विश्वविद्यालय र विषयबारे खुलस्त पारिदिने र आफूले जान चाहेको विश्वविद्यालय सजिलै छनोट गर्न सकिने उनले बताए ।

लागत र भिसा प्रक्रिया

राइट पाथ कन्सल्टेन्सीका संस्थापक सिईयो फिलिप डिसीका अनुसार क्यानडामा अध्ययनका लागि जाने शुल्क विश्वविद्यालय र क्याम्पसको फिअनुसार फरक–फरक हुन्छ । विद्यार्थीले प्राप्त गर्ने छात्रवृत्तिले पनि लागत निर्धारण गर्छ ।

उनले भने‚ ‘हामी विद्यार्थीको आर्थिक अवस्था अनुसार विश्वविद्यालय सिफारिस गर्छौँ, ताकि त्यहाँ पुगेपछि समस्या नहोस् ।’ आर्थिक अवस्था बलियो भएका विद्यार्थीले महंगो क्याम्पस तथा आर्थिक अवस्था मध्यम र कमजोर भएका विद्यार्थीले शुल्क मध्यम र सस्तो तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका विश्वविद्यालय छनोट गर्न सक्ने उनले बताए ।

वैदेशिक शिक्षाका चुनौती र समाधान

विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने तयारी गर्दैगर्दा त्यसका जटिलता र चुनौतीबारे पनि पूर्वतयारी गर्नुपर्छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीले पैसा कमाउने बाटोमात्रै खोजे भने पक्कै पनि समस्या हुन्छ ।

त्यसैले विदेश जानुअघि त्यहाँको शैक्षिक सामाजिक र प्राकृतिक वातावरण कस्तो छ, के–के समस्या हुन सक्छन् भन्नेबारे सोधिखोजी गर्नुपर्छ । त्यहाँ पुग्नेबित्तिकै पैसा कमाएर परिवारलाई पठाउन थाल्छु भनेर सपना देख्नुहुँदैन । अवसरसँगै धेरै चुनौती पनि हुन्छन् भन्ने कुरा बिर्सनुहुँदैन ।

चुनौतीहरुबारे जानकार हुनु भनेको भविष्यमा आइपर्नसक्ने सबै खालका समस्यासँग जुध्ने तयारी गर्नु हो । जीवनमा बिनासंघर्ष सफल हुन नसकिने भएकाले पनि संघर्षसँग हारेर होइन संघर्षको मुकाबिला गरेर अघि बढ्न आवश्यक हुन्छ ।

अकस्मात नेपाल छोडेर बाहिरी देशमा जाँदा पक्कै पनि केही असहजता आउन सक्छ । ‘हामीले पहिलो काउन्सिलिङदेखि नै विद्यार्थीलाई सम्भावित सपनामात्रै देखाउने गरेका छौँ । अध्ययन पुरा भएपछि मात्रै फुलटाइम काम गरेर अभिभावकलाई पैसा पठाउँछु भनेर सोच्नुपर्छ, अध्ययनरत अवधिमा अध्ययनकै लागि समय दिन्छु भनेर सोच्नुपर्छ’, डिसीले भने, ‘वास्तविकतालाई उपेक्षा गरेर कल्पनामा मात्रै डुबियो भनेत्यहाँ पुगेपछि गाह्रो हुन्छ ।’

पीआर (क्यानडाको स्थायी बसोबास कार्ड)

क्यानडामा पिआर प्रक्रिया झन्झटिलो छैन । आफूसँग सिप, ज्ञान छ, मेहनत गर्ने क्षमता छ भने त्यहाँ अन्य देशको तुलनामा सहजै र सजिलै पिआर सुविधा प्राप्त गर्न सकिने राइट पाथ करियर काउन्सिलका संस्थापक सिइयो डिसी बताउँछन् ।

त्यहाँ सेटल भइसकेपछि आफूले पढेको विषयमा आकर्षक तलबसहितको काम पाइने तथा पिआर प्राप्त गरेपछि घर, मेडिकल र बेरोजगार भत्तासमेत प्राप्त गर्न सकिने कानुन छ । त्यसैले पनि क्यानडा अध्ययनका लागि उत्कृष्ट गन्तव्य बन्न सफल भएको हो । ‘क्यानडामा सुविधा पाइयो भन्दैमा आफ्नो देशलाई चटक्कै बिर्सन भने हुँदैन । आफूसँगै राष्ट्रलाई पनि सक्षमता र विकासतर्फ अगाडि बढाउनु हामी नागरिकको कर्तव्य पनि हो’, डिसी भन्छन्‚ ‘त्यसैले विदेशमा गुणस्तरीय शिक्षा र विभिन्न अवसर प्राप्त गरेपश्चात् नेपालमै आएर केही गर्ने सोच राख्न मेरो विद्यार्थीलाई सुझाव हुने गरेको छ।’

परामर्शका लागि राइटपाथ नै किन ?

संस्थापक सिइओ फिलिप डिसीका अनुसार राइटपाथले विद्यार्थीको डकुमेन्टेसनको पाटोलाई बढी महत्वमा राखेर काम गर्ने गर्छ, ताकि भिसा अस्वीकार नहोस्, प्रक्रिया छिटो–छरितो रुपमा अघि बढोस् ।

आइएलटीएस, एकेडेमिक सर्टिफिकेट बलियो भएपनि क्यानडाको टेस्ट (एसओपी) भिसा अफिसरले नै हेर्ने हुँदा उसलाई भिसाका लागि कसरी राजी गराउन सकिन्छ, भन्ने हिसाबले राइटपाथले विद्यार्थीलाई सहयोग गर्ने गरेको छ ।

एसओपीमा अध्ययनका लागि क्यानडा रोज्नुको कारणदेखि भविष्यको योजनासम्म लेख्नुपर्ने हुन्छ । ‘एसओपी अभ्यासका लागि हामीले टिम नै बनाएका छौँ । टिमले विद्यार्थीलाई एसओपी लेख्न सिकाउँछ, जसले भिसा प्रक्रियामा अझ सहज हुन्छ’, उनले भने ।

अर्को पक्ष भनेको राइटपाथबाट क्यानडा पुगेपछि पनि विद्यार्थीले आवश्यक सेवा, मार्गनिर्देशन एवम् परामर्श प्राप्त गर्न सक्छन् । ‘हामीले अध्ययनका लागि विद्यार्थी पठाउने हुँदा कामको जिम्मेवारी त लिन सक्दैनौँ तर उनीहरुलाई आवश्यक परामर्श, मार्गनिर्देशनमा भने त्यहाँ पुगिसकेपछि पनि सहयोग गर्छौँ,’ डिसी भन्छन्‚ ‘क्यानडा पुगिसकेपछि पनि हामी विद्यार्थीसँगको सम्पर्क टुटाउँदैनौँ, आफ्ना समस्याहरु विद्यार्थीले खुलस्त राख्न सक्छन् ।’

राइटपाथ करियर काउन्सिलिङ शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त संस्था हो । यो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा पनि आबद्ध छ । यो संस्थामा टिआइटिआइ मान्यता प्राप्त परामर्शदाता रहेको उनले दाबी गरे ।

‘हामीले काम गरिरहेका क्यानडा, युके, अष्ट्रेलिया लगायतका देश र विश्वविद्यालयमा हाम्रो सिधा सम्पर्क छ, जसकारण भिसा प्रक्रिया छिटो हुन्छ । विद्यार्थीले संस्थामा आएर संस्थाको काम र योगदान लगायतका धेरै कुराहरु बुझ्न सक्नुहुन्छ’, उनले भने । प्रधान कार्यालय काठमाडौंमा रहेको राइटपाथले चितवन, हेटौँडा, दाङ र बुटवलमा रहेका आफ्ना शाखामार्फत् पनि सेवा दिँदै आएको छ ।

कक्षा १२ पास गरेका विद्यार्थीका लागि विशेष अफर

कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थी जो डिप्लोमा, ब्याचलर तथा मास्टर्स गर्न विदेश जान मनस्थिति बनाइरहेका छन्, उनीहरुका लागि राइटपाथले विशेष अफर प्याकेज ल्याएको डिसीले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ मा ए प्लस ल्याएका विद्यार्थीले आइएलटिएस छात्रवृत्तिमा निःशुल्क पढ्न पाउनेछन् । ए ल्याउनेले ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन् भने बी प्लस ल्याउनले विद्यार्थीले ५० प्रतिशत, बी ग्रेड ल्याउनले २५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

यस्तै आइएलटीएसमा सहभागिता जनाएका विद्यार्थीमध्ये पाँच विद्यार्थीलाई लक्की ड्र मार्फत् सेलेक्ट गर्ने र सेलेक्सनमा परेका विद्यार्थीको आइएलटीएसको शुल्क राइटपाथले तिरिदिने फिलिप डिसीले जानकारी दिए ।

प्रतिक्रिया