ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’ प्रदान

काठमाडौं । ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त रुपमा सामरी स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’ प्रदान गरेका छन्।

बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवर्द्धन कोष’बाट नुवाकोटको म्यागङ गाउँपालिका-५‚ सामरीमा अवस्थित स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको हो।

मंगलबार स्वास्थ्य चौकीको प्राङ्गणमा एक कार्यक्रमका बीच राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा बेबी वार्मर प्रदान गरेका हुन्।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल‚ सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनील बानियाँद्वारा संयुक्त रुपमा प्रदान गरिएको बेबी वार्मर गाउँपालिका-५ का अध्यक्ष आशा तामाङ र स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई प्रदान गरिएको थियो।

बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत् राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ।

प्रतिक्रिया