सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सुर्खेतको तरङ्गामा

सुर्खेत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ ।

बैङ्कले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा यहि फागुन गतेबाट १०८ औँ शाखारहित बैकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

उक्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । यस शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुनेछ ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा लिएको बैङ्कले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब सातलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया