रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने

काठमाडौँ । स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादनलाई ‘रियलमी जीटी’ नाम राखेर बजारमा ल्याउने भएको छ।

‘रेस’ कोड नाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ । कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको जनाएको छ ।

हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फल्यागसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोन लोकप्रिय बन्दै गएका छन् । कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको छ ।

सन् १९६० को दशकमा लामो र आरामदायी यात्राका लागि डिजाइन गरी जीटी स्पोर्ट कारको उत्पादन शुरू भएको थियो । उक्त कारको माग अत्यधिक भएको थियो । अझै पनि जीटी कारको पर्फमेन्स सामान्य कारको भन्दा उत्कृष्ट हुने धारणा जनमानसमा पाइन्छ ।

नयाँ पर्फमेन्ससहितको फल्यागसिप सिरिजको यो स्मार्टफोन स्नैप ड्रैगन ८८८ प्रोस्रेसरयुक्त रहेको छ । जीटीको आफ्नै विशिष्ट महत्व रहेको छ, यसको प्रयोग उन्नत लाग्ने मात्र नभएर यसले निरन्तर वृद्धिको अनुभूति दिलाउने तथा अन्य विश्वसनीय क्षमताहरु पनि रहेको कम्पनीको रहेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गरी मोबाइलको डिजााइन गरिएकाले युवापुस्तामा यो मोबाइल फोन लोकप्रिय हुने विश्वास कम्पनीको छ ।

स्मार्टफोन उद्योगको क्षेत्रमा बलियो प्रतिस्पर्धी बन्दै रियलमी सन् २०२० मा आएको हो । लगातार वर्षको दुई त्रैमासिक भित्रै तीव्र बजार विस्तार गरेको यस कम्पनीको उत्पादन हाल ‘काउन्टरपोइन्ट’ले विश्वभर सबैभन्दा चाँडो ५ करोड मोबाइल फोन विक्री गर्ने कम्पनीको सूचिमा राखेको छ । सन् २०२१ मा रियलमी ‘जीटी’ ले रियलमीका उत्पादन एवं ब्राण्डलाई अपग्रेड गर्दै राम्रो उत्पादन, उत्कृष्ट प्रविधि भित्र्याएर बजारमा नयाँ ट्रेन्ड स्थापना गर्ने दाबी गरेको छ ।

 

प्रतिक्रिया