मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

शाओमीको सर्भिस सेन्टर नयाँ बानेश्वरमा

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले काठमाडौंमा नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

विश्व चर्चित ग्याजेट कम्पनीले आफ्नो सातौं सर्भिस सेन्टर नयाँ बानेश्वरमा रहेको आइप्लेक्स मलमा संचालन गरेको हो ।

हाल काठमाडौंका दुई स्थानमा कम्पनीका सर्भिस सेन्टरहरु सञ्चालनमा छन् भने उपत्यका बाहिर नारायणघाट, नेपालगन्ज, इटहरी र पोखराबाट सेवा दिइरहेको छ ।

सर्भिस सेन्टर विस्तारले शाओमी ब्राण्डका मोबाइलसहित विद्युतीय सामग्री प्रयोग गर्ने उपभोक्तालाई सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

बिक्रीपछिको सेवाले नेपालमा शाओमीका प्रयोगकर्ता बढ्ने आशा कम्पनीले लिएको छ ।

नयाँ सर्भिस सेन्टर संचालनको अबसरमा कम्पनीले आफ्ना सबै उत्पादनमा एक सातासम्मका लागि निःशुल्क सर्भिस क्याम्प संचालन गर्ने बताएको छ ।

प्रतिकृयाहरु
Loading...