नेपाल इन्भेष्टमेन्टको बैंकको शाखा लाहानमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडा नम्बर ८ सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ ।

नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे ।

लाहान शाखाले बैंकका ग्राहकलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया