द्रुत गतिमा क्लासिक टेकको १००औं आउटलेट कलंकीमा

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट विस्तार गरेको छ ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरी क्षेत्र, थानकोटलगायतका ठाउँहरुमा आफ्नो सेवा दिँदै आएको छ। अब यिनै ठाउँका भित्री टोलहरूमा पनि सेवा सुविधा बढाउने उद्देश्यले कम्पनीले कलंकीमा सेवा विस्तार गरेको हो ।

क्लासिक टेकको नयाँ आउटलेट १०० औं आउटलेटसमेत भएको र हरेक आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट र मार्केटिङ्ग गरेर २५ जना स्टाफ राखिएको कम्पनीले जानकारी दिएको छ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट भएकोमा लकडाउनपछिका ८ महिनामा ५१ वटा आउटलेट निर्माण गरेको छ ।

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनका लागि आउटलेट खोलेको हो ।

‘कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इन्ट्रानेट सेवाहरु दिँदै आइरहेको छ भने यो आर्थिक वर्षभित्र एफटिटिएचको माध्यमबाट होम प्रयोगकर्तालाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र विर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं,’ कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले भने।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केही महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी हरेक महिनामा ७९९ रुपैयाँको दरले उपलब्ध गराइएको कम्पनीले बताएको छ।

प्रतिक्रिया